lifestyle

तेह्रथुममा हेलिकप्टरबाट सुत्केरीको उद्धार

Daily News Nepal

तेह्रथुम, २२ भाद्र

तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो ।

स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी कार्कीको शिशुमा गम्भीर समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा उद्धार गरिएको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए ।

राष्ट्रपती सुत्केरी उद्धार कार्यक्रमअन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा उद्धार गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

उद्धार गरिएकी महिला र नवजात शिशुलाई बिराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ ।

Balanced Approach: Losing Weight Without Sacrificing Lean Muscle Mass

Ruling Coalition and Nepali Congress Agree to Establish Parliamentary Probe into Cooperative Scandals

Cabinet Ministers' Property Details to be Made Public by Government

Manchester City's Ederson to miss final two games of season due to eye socket fracture

Nepal's Digital Payment Systems Experience Robust Growth