lifestyle

नेपालकै नमुना गाउँ नजरपुर : पूर्ण साक्षर, पूर्ण शाकाहारी

Daily News Nepal

चन्द्रपुर नगरपालिका–९ स्थित नजरपुरटोल वर्षौंदेखि शाकाहारी बस्तीको रुपमा परिचित छ । साविक डुमरिया गाविसमा पर्ने नजरपुर अहिले चन्द्रपुर नगरपालिकामा पर्दछ । २०२० सालदेखि बसोवास भएको नजरपुर चन्द्रनिगाहपुर चौकबाट करिब सात किलोमिटर दक्षिणमा छ । शाहाकारी बस्तीको रुपमा परिचित नजरपुर धार्मिक पर्यटन क्षेत्रको रुपमासमेत विकास गर्न थालिएको छ ।

श्रीकृष्ण प्रमाणी धर्मावलम्बी रहेको सो बस्तीको बीचमा श्रीकृष्णको मन्दिर बनाइएको छ । श्रीकृष्ण जन्माष्ठमीलगायत विभिन्न धार्मिक अवसरमा धार्मिक कार्यक्रमहरु हुने गर्छ । सो मन्दिरमा देशका विभिन्न स्थान तथा भारतबाट श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरु तीर्थाटनका लागि आउने गर्छन् ।

नजरपुर बस्ती बसेसँगै मन्दिर स्थापना गरिएको भए पनि २०५२ सालमा भने मन्दिरको पुनर्निर्माण गरेर आकर्षक र व्यवस्थित गरिएको हो । तत् पश्चात सो मन्दिरमा दर्शनका लागि भारतको गुजरात, सिलगुडी, सुरत, मध्यप्रदेश, बृन्दावन, मथुरा लगायतबाट गुरुहरू तथा भक्तजनहरु आउने गरेको श्रीकृष्ण प्रमाणी मन्दिर नजरपुरका अध्यक्ष दाताप्रसाद दाहालले न्युज कारखानालाई जानकारी दिए ।

श्रीकृष्ण प्रणामी धर्मावलम्बी रहने भएकाले पूर्ण शाकाहारीहरुको बसोबास रहेको नजरपुरमा एक सय ५० भन्दा बढी घरधुरी रहेका छन् । सो बस्तीमा आधा दर्जन किराना पसल छन्, तर ति पसलमा सुर्ती र मदिराजन्य पदार्थ बिक्री हुँदैन । बिक्री वितरण गर्न मात्रै होइन नजरपुरमा बाहिरबाट लगेरसमेत खान नपाइने स्थानीहरु बताउँछन् ।

नजरपुर पूर्ण साक्षर टोल हो । टोलबासीकै सक्रियतामा १५ वर्षअघि नै पूर्ण साक्षरता बनाइएको स्थानीय शिक्षक उद्धबप्रसाद घिमिरेले बताए । नजरपुरका अधिकांश मानिस कृषि पेशामा आवद्ध छन् । उनीहरु पशुपालन, बिऊ बिजन, दुग्ध सहकारी, कृषि सहकारीमा आवद्ध छन ।

दुर्व्यसन, धुमपान, लागुपदार्थ मुक्त बस्तीको परिचय बनाएको नजरपुरमा तीन हजार भन्दाबढी जनसख्या रहेको छ । पूर्ण शाकाहारी, वली प्रथा निषेधजस्ता कारणले छुटै पहिचान बनाउदै आएको नजरपुरवासीले मासुका लागि बिक्री हुने पशुपंक्षीहरु हांस, कुखुरा, परेवा ,खसीबोका, बाख्रासमेत पाल्ने नगरेका चन्द्रपुरका मेयर रामचन्द्र चौधरी बताउँछन ।

करिब ५५ वर्ष यतामा नजरपुरवासीविरुद्ध अदालतमा मुद्दासमेत नपरेको स्थानीय मदन सापकोटा दावी गर्छन् । ‘नजरपुरमा झैझगडा, मुद्दा मामिला नै हुँदैन, किन जानुपर्यो अड्डा अदालत ?’, उनी भन्छन् ।

Balanced Approach: Losing Weight Without Sacrificing Lean Muscle Mass

Ruling Coalition and Nepali Congress Agree to Establish Parliamentary Probe into Cooperative Scandals

Cabinet Ministers' Property Details to be Made Public by Government

Manchester City's Ederson to miss final two games of season due to eye socket fracture

Nepal's Digital Payment Systems Experience Robust Growth