नेपाली

व्यवस्थापन बिना नै सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएको भूमि आयोगको आरोप

Daily News Nepal

काठमाडौं । राष्ट्रिय भूमि आयोग, काठमाडौंले सुकुम्बासीको उचित व्यवस्थापन बिना नै काठमाडौं महानगरपालिका बस्ती भत्काउन पुगेको आरोप लगाएको छ । आयोगले महानगरपालिकाले कसैको परामर्श नलिई एकलौटी रुपमा अघि बढेको बताएको छ ।

राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंका अध्यक्ष श्यामकृष्ण प्रजापतीले महानगर सुकुम्बासीको उचित व्यवस्थापन नै नगरी यसरी अघि बढ्छ भन्ने कल्पना समेत नगरेको बताउनुभयो ।

आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहिता लागु भएकाले काम गर्न नपाएको उहाँले बताउनुभयो । आयोगले लागत संकलन गरी वास्तविक सुकुम्बासीको पहिचान नगरी महानगरले डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन जाने कुरा उचित नभएको उहाँको भनाइ छ ।

सुकुम्बासीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको आयोगको भनाइ छ । हिजो बिना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती छिरेको भन्दै आयोगले यस बस्तीमा त्रास पैदा भएको बताएको छ। हिजो महानगरपालिकाले थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासी बस्तीमा डोजर लगाएको थियो ।

Biden's Controversial Remarks: Japan, India, China, and Russia labeled 'xenophobic' by U.S. President

Transform Your Bedroom into a Sleep Sanctuary for Peaceful Nights

Finance Minister Outlines Budget Focus on Competitive Sectors

Lack of Government Intervention Exacerbates Unplanned Urban Expansion in Kathmandu Valley

Kathmandu Metropolitan City's 'Monitoring Team Mobilization Program 2080' to Supervise House Tax and Business Renewals