Picasa
Picasa
नेपाली

गठबन्धनले धाँधली गरेर एमालेलाई पहिलो पार्टी हुन दिएन : ओली

Daily News Nepal

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको आरोप लगाउनुभएको छ ।

मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उहाँले दोस्रो स्थानमा रहेपनि एमाले ४९ सिटमा जाने अवस्था रहेकोमा अहिले ४४ सिट रहेको र बाँकी सिट एमालेको हातबाट फुत्काउने प्रयास भइरहेको दाबी गर्नुभयो ।

उहाँले कहीँ मान्छे मारेर, कहीँ बुथ लुटेर र गणनामा धाँधली गरेर ६ सिटको मत परिणाम आउन ढिलाइ भइरहेको बताउनुभयो । राज्यसत्ताको दुरुपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको ओलीको आरोप छ । धाँधली नहुने हो भने एमाले धेरै सिटमा अगाडि हुने बताउनुभयो । चर्को घेराबन्दी र चक्रव्यूहमा पनि नेपालको लोकप्रिय पार्टीको रूपमा एमाले हो भन्ने जनमतबाट स्थापित भएको उल्लेख गर्नुभयो। गठबन्धन र अनेक किसिमका शक्ति लाग्दा पनि एमाले बलियो भएको दाबी गर्नुभयो ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको टिप्पणी गर्नुभएको छ। उहाँले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गर्नुभयो।

यता ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको टिप्पणी गर्नुभएको छ । ओलीले अर्कै देशका नागरिकसँग झैँ व्यवहार गरेको बताउनुभयो । ​ओलीले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनीहरूले केही नबिगारेको टिप्पणी गर्नुभयो ।

Biden's Controversial Remarks: Japan, India, China, and Russia labeled 'xenophobic' by U.S. President

Transform Your Bedroom into a Sleep Sanctuary for Peaceful Nights

Finance Minister Outlines Budget Focus on Competitive Sectors

Lack of Government Intervention Exacerbates Unplanned Urban Expansion in Kathmandu Valley

Kathmandu Metropolitan City's 'Monitoring Team Mobilization Program 2080' to Supervise House Tax and Business Renewals