समाचार

विदेश पलायन भइरहेका युवालाई नेपालमै राख्नुपर्ने आवश्यक्ता : मन्त्री श्रेष्ठ

गोमा परियार

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरी विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै राख्नुपर्ने अपरिहार्य आवश्यक्ता भएको बताउनु भयो ।

युवाहरुलाई नेपालमा नै राख्न नसकेको खण्डमा केही समयमा नेपाल बालबालिका र बुढापाकाको मुलुक बन्ने स्थिति सिर्जना भएको बताउनु भयो । मन्त्री श्रेष्ठले रोजगारीको सिर्जना गर्न नसक्नुको चुरो कारण पत्ता लगाइ त्यसको समाधान खोज्नुपर्ने बताउनु भयो ।

मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी ऐनहरु छरिएर रहेका कारण कतिपय अवस्थामा बाझिएको बताउनु भयो । उहाँले उहाँले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमीसम्बन्धी एकीकृत कानून निर्माण गर्ने पहल भएको बताउनु भयो ।

मन्त्री श्रेष्ठले उहाँले कसैले आफ्नो स्वार्थसिद्धिका लागि ऐनहरुको निर्माण गरेको पाइएको बताउँदै सरकारमुखी र जनमुखी ऐनहरु निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वास्तविक सहकारी सदस्य र सदस्यकेन्द्रित सहकारीको विकास गर्नेगरी सरकार अघि बढेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले केही सहकारीका व्यवस्थापकका कारण नागरिकलाई समस्या र राज्य पनि ठगिने अवस्था रहेको बताउनु भयो । उहाँले सहकारीलाई सिद्धान्तअनुसार सञ्चालन गरी अघि बढ्न निर्देशन दिनुभयो ।

Balanced Approach: Losing Weight Without Sacrificing Lean Muscle Mass

Ruling Coalition and Nepali Congress Agree to Establish Parliamentary Probe into Cooperative Scandals

Cabinet Ministers' Property Details to be Made Public by Government

Manchester City's Ederson to miss final two games of season due to eye socket fracture

Nepal's Digital Payment Systems Experience Robust Growth