समाचार

विमान दुर्घटना : मृतकमध्ये ६ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु

Daily News Nepal

काठमाडौं । पोखरामा एती एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उहाँले परिवारको नमुना संकलन र ६ जना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको बताउनुभयो । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ ।

काठमाडौं ल्याएका ४८ शवमध्ये फरेन्सिक र फिंगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो ।

Balanced Approach: Losing Weight Without Sacrificing Lean Muscle Mass

Ruling Coalition and Nepali Congress Agree to Establish Parliamentary Probe into Cooperative Scandals

Cabinet Ministers' Property Details to be Made Public by Government

Manchester City's Ederson to miss final two games of season due to eye socket fracture

Nepal's Digital Payment Systems Experience Robust Growth