Politics

यसरी ढल्यो देउवाको राजनीतिक धरोहर

चिरन शर्मा

देउवा प्रधानमन्त्री भएदेखि बालुवाटारभित्रै गुमनाम थिए । महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु भन्दा बाहिरका चुनाव हारेका व्यक्तिहरुको हालीमुली थियो । लोकप्रिय मतले जितेका दुई महामन्त्रीलाई बाहिरै राखेर अधिकांस राजनीतिक निर्णयहरु गरिए । पार्टीभित्र बहुमतको डण्डा चलाईयो । उनीहरु पार्टी निर्णय मान्न बाध्य भए ।

माओवादीसंगको गठबन्धनमा चुनावमा जान हुन्न भनेर देउवालाई पटकपटक सम्झाउने प्रयास भए । उनले निर्वाचन कहिलै नजित्ने नेताहरुको दवावमा गठबन्धन गराए । बालुवाटारभित्रबाट अनेकौं गलत निर्णय भए । राजदूत नियुक्ती, प्रहरी, प्रशासनमा हुने सरुवा बढुवा देखी ठेक्का पट्टासम्म बालुवाटार भ्रष्टभै सकेको थियो ।

तमाम विकृति मध्येको एक गैरआवासीय नेपाली संघ जस्तो गरिमामय संस्थाका चार टुक्रा पार्ने काम त्यही बालुवाटरबाटै भएको थियो । देउवालाई पार्टी नेताहरुले समेत भेट्न सक्दैनथे । डा। मिनेन्द्र रिजाल देखी डा। स्वर्णिम वाग्लेलाई टिकट नदिने प्रपन्च त्यही रचिएको थियो ।

देशैभरीको निर्वाचन परिणामको अर्थनै नयाँ नेतृत्व भन्ने थियो । देउवा पुनः प्रधानमन्त्री हुनु पर्छ भन्ने तीनै भित्रिए र ज्योतिष बाहेक अरु कोही थिएन् । कार्यकर्ता र जनमत युवाकै पक्षमा थियो । संसदीय दलको निर्वाचनमा सांसदले विवेक प्रयोग गर्लान भन्ने धेरैलाई लागेको थियो तर मत हाल्ने बेलामा मतपत्रको फोटो खिचेर देउवालाई पठाउन बाध्य पारियो ।

गगन थापाले हारे तर उनले कांग्रेसको नेतृत्वका सरकार गठन गर्ने उद्धघोष गरे । थापासहित अर्को महामन्त्री विश्वप्रकाश शर्मालाई सरकार गठन गर्ने प्रकृया भन्दा बाहिरै राखिए । देउवा सिमित घेराभित्र परे । देउवा सत्ताका खेलाडी हुन् ५ पटक भैसके ६ पटक कसैले रोक्न सक्दैन् भन्ने मनोविज्ञान हावी भयो ।

बालुवाटार वरिपरी घुम्ने कांग्रेस नेताहरुलाई देउवा प्रधानमन्त्री नभए सम्म मन्त्री भइन्न भन्ने थियो त्यसैले देउवालाई अन्तिमसम्म प्रधानमन्त्री नछोड्न दवाव दिईरहे । समाचार स्रोत अनुसार नेता रामचन्द्र पौडेल, बालकृष्ण खाँड, पूर्ण बहादुर खड्का प्रचण्डलाई प्रधानमन्त्री दिएर भए पनि सत्ता गठबन्धन बचाउन चाहन्थे तर बिमलेन्द्र निधि, प्रकारशरण र आरजु देउवाको अघि कसैको केही चलेन् । देउवाको स्वास्थ्य अवस्था निकै जिर्ण थियो । मानविय हिसावले समेत आरजु देउवाले अब पुग्यो । बिश्राम लिनु भन्न सक्नु पर्ने थियो तर त्यो ढल्न लागेको बृद्ध शरीरमाथि राजनीति गरियो । कांग्रेसमा वैकल्पिक नेता नभएर होइन् देउवाको छालामा जस्तो रजाई गर्न पाइन्न भनेर अन्तिम सम्म देउवालाई ठड्याउने प्रयास गरियो ।

अन्त्यमा शरिर होइन् पुरै राजनीतिक धरोहर ढल्यो । प्रचण्ड बाहिरिए पछि पूर्ण बहादुर प्रकाशशरणबीच झण्डै हात हालहालको अवस्था आएको थियो । देउवा पुनः प्रधानमन्त्री भएको भए वालुवाटारमा हुदै आएको अनियमितता संस्थागत हुन्थ्यो । पार्टीको थप बदनाम हुन्थ्यो । अर्को निर्वाचनमा कांग्रेस सकिन्थ्यो । गठबन्धन तोडिएर कांग्रेस ठूलो दुर्घटनाबाट बच्यो ।

चिरन शर्मा बेलायतमा कार्यरत पत्रकार हुन्

Balanced Approach: Losing Weight Without Sacrificing Lean Muscle Mass

Ruling Coalition and Nepali Congress Agree to Establish Parliamentary Probe into Cooperative Scandals

Cabinet Ministers' Property Details to be Made Public by Government

Manchester City's Ederson to miss final two games of season due to eye socket fracture

Nepal's Digital Payment Systems Experience Robust Growth