macrumors
macrumors
Technology

सेप्टेम्बर १४ मा आइफोन १३

Daily News Nepal

विश्वका करोडौँ स्मार्टफोन प्रयोगकर्ताले हरेक वर्ष एप्पलको नयाँ आइफोनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् ।

एप्पलले यो वर्ष लञ्च गर्ने आइफोन १३ सिरिजको लागि पनि प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । तर हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार अब यस्तो प्रतीक्षाको घडी छिटै नै अन्त्य हुनेछ । आगामी सेप्टेम्बर १४ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने बताइएको छ ।

सेप्टेम्बर १४ मा आयोजना हुने एप्पलको विशेष समारोहमा आइफोन १३, आइफोन १३ प्रो, आइफोन १३ प्रो म्याक्स तथा आइफोन १३ मिनी सार्वजनिक हुनसक्ने बताइएको छ । समाचार अनुसार १४ सेप्टेम्बरमा सार्वजनिक गरिएपश्चात् १७ सेप्टेम्बरमा आइफोनको प्रि-बुकिङ सुरु हुनेछ र २४ सेप्टेम्बरबाट आइफोन १३ सिरिजको बिक्री सुरु हुनेछ ।

आइफोन १३ सिरिजको बारेमा सार्वजनिक गरिएका समाचारमा दाबी गरिएअनुसार आइफोन १३ सिरिजका फोनमा पनि उत्कृष्ट फिचरहरू सहितको क्यामरा हुनेछन् ।

म्याक युर्मर्सको एक रिपोर्ट अनुसार आइफोन १३ प्रो मा अत्याधुनिक अल्ट्रा वाइड लेन्स हुनेछ । यसमा अटोफोकसन सपोर्ट रहनेछ । आइफोन १२ मा फिक्स्ड फोकल लेन्थ क्यामरा थियो ।

आइफोन १३ सिरिजमा एप्पलको A15 चिपसेट रहनेछ जुन A14 बायोनिक चिपसेटको अपग्रेडेड भर्सन हो । यसका साथमा उच्च रिफ्रेस रेट प्राप्त हुनेछ ।

नयाँ मोडेलको आइफोनमा नयाँ फेस आइडी हार्डवेयर रहनेछ । जसको मद्धतले प्रयोगकर्ताले फेस मास्क लगाएरै वा चश्मामा वाफ हुँदा समेत फोन अनलक गर्न सक्नेछन् ।

आइफोन १३ सिरिजमा फ्रन्ट क्यामराको ठाउँमा केही परिवर्तन हुन सक्दछ । FrontPageTech.com को रिपोर्ट अनुसार एप्पलले आफ्ना कर्मचारीहरुलाई नयाँ फेस आइडीको परीक्षणका लागि एक नयाँ विशेष खोल प्रदान गरेको छ ।

फेस आइडीका अलावा एप्पलले इन डिस्प्ले टचआइडी फिंगरप्रिन्ट प्रविधिमा पनि काम गरिरहेको बताइएको छ ।

Biden's Controversial Remarks: Japan, India, China, and Russia labeled 'xenophobic' by U.S. President

Transform Your Bedroom into a Sleep Sanctuary for Peaceful Nights

Finance Minister Outlines Budget Focus on Competitive Sectors

Lack of Government Intervention Exacerbates Unplanned Urban Expansion in Kathmandu Valley

Kathmandu Metropolitan City's 'Monitoring Team Mobilization Program 2080' to Supervise House Tax and Business Renewals