google
google
World News

इतिहासमा आजः टाइटेनिक जहाजको भग्नावशेष फेलादेखि हेमिगंवेको कृति प्रकाशनसम्म

Daily News Nepal

आज १ सेप्टेम्बर । विश्व इतिहासमा प्रशान्त महासागरमा हराएको टाइटेनिक विमानको भग्नावेशषदेखि चेचेन विद्रोहीले बन्धक बनाएका सयौँको मृत्यु भएको थियो । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाः


बालबालिकासहित ३५० को नरसंहार
सन् २००४ को १ सेप्टेम्बरमा रसियाली सहर बेल्सानको ओसेटियामा भएको एउटा नरसंहारमा तीन सय ५० जनाको मृत्यु भएको थियो । सशस्त्र चेचेन विद्रोहीले विद्यालयका बालबालिकासहित एक हजार जनालाई विद्यालयमा तीन दिनसम्म बन्धक बनाएका थिए । विद्रोहीले स्वतन्त्र चेचनलाई अन्तर्राष्ट्रिय मान्यता दिन माग गरेका थिए । रसियाली सेनाले हस्तक्षेपपछिको हिंसामा तीन सय ५० जनाको मृत्यु भएको थियो ।

पानीमा डुबेको टाइटेनिक जहाजको भग्नावशेष पत्ता
उत्तरी प्रशान्त महासागरमा पानीभित्र डुबेको टाइटेनिक जहाजको भग्नावशेष सन् १९८५ मा फेला पारिएको थियो । फ्रान्स र अमेरिकी अन्वेशकको समूहले सो भग्नावशेष पत्ता लगाएको थियो । सन् १९१२ को १४ अप्रिलमा बेलायतको साउद हेम्पटनबाट अमेरिका जाने क्रममा सो जहाज डुबेको थियो ।

लाइफ म्यागेजिनलले प्रकाशन गर्‍याे चर्चित उपन्यासका अंश
अमेरिकी प्रसिद्ध उपन्यासकार अर्नेस्ट हेमिंगवेको सर्वाधिक चर्चित उपन्यास वल्ड मेन एन्ड द सीका केही अंशलाई अमेरिकाको लाइफ म्यागेजिनले सन् १९५२ देखि प्रकाशन गरेको थियो । उपन्यास एक बृद्ध मानिस र उनले समुद्रमा माछा छाोप्दा गरेको संघर्षबारे केन्द्रित छ । उपन्यासका अंश छापिएको केही दिनभित्रै सो म्यागेजिनको ५० लाख कपी बिक्री भएको थियो ।

पायोनियर ११ को असफल प्रयास
अन्तरिक्षका गतिविधि अनुसन्धान गर्न नासाले निर्माण गरेको पाइनियोर ११ सन् १९१४ मा शनि ग्रहतर्फ बढेको थियो । यो यान ग्रहभन्दा १३ हजार माईल टाढाको दूरीसम्म पुगेको थियो । केही सातापछि पृथ्वीसँग यानको सम्पर्क विच्छेद भएको थियो ।

Japan's child population hits new record low, posing serious demographic challenge

Russia plans tactical nuclear drills near Ukraine amid rising tensions

Nepal's Real Estate Sector Issues Highlighted as Crucial for Financial Stability by Stakeholders

Foreign Minister Urges Adherence to Diplomatic Code of Conduct

Experts Call on Nepal to Establish Leadership in Addressing Climate Change in Himalayan Region