कला र साहित्य
केकी अधिकारीको आह्वान– गगन थापालाई भोट दिनुस्
काठमाडौं । अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पक्षमा भोट माग्नुभएको छ ।
आसन्न निर्वाचनमा काठमाडौं(४ का कांग्रेसका उम्मेदवार थापालाई उहाँले सामाजिक सञ्जालमा भिडियोमार्फत् मत माग्नुभएको हो । थापालाई अलग अलग समयमा विभिन्न माध्यमबाट चिन्ने मौका पाएको र छोटो समयमा दाजु बहिनीको रुपमा चिनिएको उहाँले उल्लेख गर्नुभएको छ । ‘राष्ट्रप्रति देखाएको निष्ठा, जनप्रतिको सेवाको भाव र संसद र संविधानप्रतिको लगाव निकै प्रसंशनीय छ,’ उहाँले भन्नुभएको छ ।
कोभिडको समय उहाँको सामाजिक सञ्जालमा आएका टिप्पणीमा थापाले देखाएको तदारुकता र जनसरोकारको विषयमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताउनुभएको छ ।