२० वाणिज्य बैंकले घटाए ब्याजदर

२० वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । २० वटा वाणिज्य बैंकले माघ महिनादेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको छ।

पुस महिनामा ८.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८.१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत ब्याजदर ०.८२ प्रतिशतविन्दु घटेको हो।

बैंकहरुमध्ये सिटिजन्स बैंकको ब्याजदर सबैभन्दा बढी रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ९.१५ प्रतिशत ब्याज दिने भएको छ। त्यसैगरी, बैंकले संस्थागत तर्फभने अधिकतम ६.६ प्रतिशत ब्याज दिने भएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा बैंकको अधिकतम ब्याजदर पुस महिनाको तुलनामा ०.२ प्रतिशतविन्दु घटेको हो।

त्यसैगरी, वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर भने कृषि विकास बैंकको रहेको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.०१ प्रतिशत ब्याज दिइरहेको यस बैंकले माघ महिनामा अधिकतममा ७.२६ प्रतिशत मात्र ब्याज दिने भएको छ। बैंकले आफ्नो ब्याजदर १.७५ प्रतिशतविन्दु घटाएको हो। संस्थागत मुद्दति निक्षेपमा भने बैंकको अधिकतम ब्याजदर ७.२६ प्रतिशत रहेको छ।

सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने प्राइम कमर्सियल बैंक रहेको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतमम १० प्रतिशतका दरले ब्याज दिइरहेको यस बैंकले माघ महिनामा ८.१ प्रतिशत मात्र ब्याज दिने भएको छ। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.१ प्रतिशतका दरले ब्याज दिने भएको छ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com