अवकाशप्राप्त २२ हजार शिक्षकले पेन्सन पाएनन्

अवकाशप्राप्त २२ हजार शिक्षकले पेन्सन पाएनन्

काठमाडौं । अर्थ मन्त्रालयले समयमै मागअनुसारको बजेट निकासा नगर्दा अवकाशप्राप्त २२ हजार शिक्षकले पेन्सन पाएका छैनन् । साथै, आयोजनाको काम पूरा गरिसकेका निर्माण व्यवसायीले पाउनुपर्ने ६० अर्बबराबरको भुक्तानीसमेत सरकारले तिर्न बाँकी छ ।

निवृत्तीभरण व्यवस्थापन कार्यालयले अवकाशप्राप्त कर्मचारी, शिक्षक र प्रहरीलाई पेन्सन दिन चालु आर्थिक वर्षका लागि ६५ अर्ब रकम माग गरेकोमा अर्थमन्त्रालयले ५२ अर्ब मात्र दियो । ४० करोड रकम अपुग हुँदा चैतमा ३२ हजार शिक्षकले मात्रै पेन्सन पाए भने झापा, मोरङ, चितवन, सुनसरी र रुपन्देहीका २२ हजार अवकाशप्राप्त शिक्षकलाई कार्यालयले पेन्सन खुवाउन सकेन ।

अर्थ मन्त्रालयले हालै अवकाशप्राप्त शिक्षकका लागि थप तीन अर्ब रुपैयाँ निकासा गरेको छ भने अवकाशप्राप्त सेना, प्रहरी र निजामति कर्मचारीका लागि १० अर्ब निकासा गरेको छ ।

शिक्षक, कर्मचारी सेना र प्रहरीमा निवृतभरण भएर पेन्सन खाने २ लाख ९२ हजार ९ सय ४५ जना छन् । गत वर्षको तुलनामा राजस्वमा कमी आए पनि अहिलेसम्म कर्मचारीको तलब, भत्ता र पेन्सन खुवाउन समस्या नभएको अर्थ मन्त्रालयको भनाइ छ । निर्माण अगाडि बढेका आयोजनामा प्रगतिका आधारमा तत्काल रकम दिइरहेको अर्थको दाबी छ ।

निर्माण व्यवसायीले ६० अर्बबराबरको भुक्तानी पाउन बाँकी छ । जसका कारण व्यवसाय सञ्चालनमै कठिनाइ भएको उनीहरुको गुनासो छ । सरकारले लक्ष्यअनुरुप मात्रै होइन, गत वर्षकै हाराहारीमा पनि राजस्व उठाउन सकेको छैन । जसले गर्दा अर्थ मन्त्रालयले खर्च र आम्दानीको आकारसमेत घटाइसकेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com