नेप्सेमा आज ३९ अंकको गिरावट, कारोबार रकम कति ?

नेप्सेमा आज ३९ अंकको गिरावट, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज ३९.१५ अंकको गिरावट आएको छ ।

कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा झण्डै ४० अंकले घटेर बन्द भएको हो । उच्च अंकको गिरावट आएसँगै परिसूचक १९ सय १७ अंकमा पुगेर रोकिएको छ ।

यस्तै, आज सेन्सेटिभ समूहमा ७.६८ अंकको गिरावट आएको छ । २ प्रतिशतले घटेसँगै यो समूहको परिसूचक ३७६.५३ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ३६ लाख ९७ हजार कित्ता सेयर किनबेच भएर १ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर परिसूचक उच्च अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ । यीमध्ये जीवन बीमा समूहमा १९९ अंकको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १४४ अंकको गिरावट आउँदा उत्पादनमूलक समूह १३६, लघुवित्त समूहमा ११९ र विकास बैंक समूहमा ११० को गिरावट आएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com