तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात

तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात

काठमाडौँ । तिहारमा धेरै प्रयोग हुने झिलिमिली बत्तीको आयात यस वर्ष बढेको छ । यस वर्ष ४५ करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएको हो ।

गत वर्ष ३६ करोडको मात्रै आयात भएको थियो । पहिले माटोको दियो प्रयोग गरिन्थ्यो । हिजोआज विभिन्न खालका दियो, माला बत्तीलगायत आधुनिक झिलिमिलीको प्रयोग बढेको छ । जसअनुसार वर्षेनी करोडौँ रुपैयाँको विद्युतीय झिलिमिली बत्ती आयात हुने गरेको छ ।

तिहारका लागि यस वर्ष ४५ करोड रुपैयाँसम्मको झिलिमिली बत्ती आयात भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार झिलिमिली बत्तीहरूको माग राम्रो रहेको छ ।

बजारमा माग बढेसँगै बत्तीको मूल्य पनि बढेको छ । मूल्य बढेकाले पनि आयात भएको वस्तु बढी देखिएको जनाइएको छ ।

यस वर्ष झिलिमिली बत्तीको भन्सार शुल्क अघिल्लो वर्षभन्दा दोब्बर तिरेर आयात भइरहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com