ओरालो यात्रामा विश्व अर्थतन्त्र

ओरालो यात्रामा विश्व अर्थतन्त्र

लन्डन । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले आर्थिक मन्दीको असर अर्थतन्त्रमा परेकाले आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएको छ ।

आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बढ्दो भूराजनीतिक तनाव र उच्च मुद्रा स्फिति रहेकाले मजबुत आर्थिक सुधार असम्भव रहेको बताउनु भयो । जर्जिएभाले आइएमएफ र विश्व बैंकको बैठक अघि तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताउनु भएको हो ।

प्रतिवेदनमा विशेष गरी सबैभन्दा कमजोर व्यक्ति र देशहरूका लागि आर्थिक वृद्धिको यो तथ्याङ्कले हानी पुर्‍याउने तथ्य औल्याइएको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरङ्ग ल्याउँदा गत वर्ष विश्वको आर्थिक वृद्धिदर झण्डै आधा घटेर ३ दशमलब ४ प्रतिशतमा झरेको थियो । एसियाका उदयिमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरिएको छ । तर विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाहरूको लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सम्भावना झनै न्युन बनाएका छ ।

साथै आगामी आधा दशकमा विश्वको आर्थिक वृद्धिदर करिब तीन प्रतिशत रहने र यो सन् १९९० को दशकयताकै सबैभन्दा कम मध्यम अवधिको प्रक्षेपण भएको बताइयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com