शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा

शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा

काठमाडौ । शिवम् सिमेन्ट्सले लाभांश वितरण प्रस्ताव पारित गर्न शुक्रबार पुस २७ गते साधारण सभा बस्ने भएको छ । 

शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि थप पुँजी बढ्नेछ ।

कम्पनीले सभाको लागि बिहीबार पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, सभामा भाग लिन र लाभांश हात पार्न बुधबार पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com