बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देश बीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो । 

नेपालको बिजुली भारतीय प्रसारण लाईन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ ।  नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरि आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ । 

दुई देश बीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत बर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com