अपहरण गर्ने धम्कीपछि तनावमा बैंकका कर्मचारी

अपहरण गर्ने धम्कीपछि तनावमा बैंकका कर्मचारी

झापा । एक ऋणिले अपहरण गर्ने धम्की दिएपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाका कर्मचारी तनावमा परेका छन् । बैंकबाट ऋण लिएका राजेश बाँस्कोटाले बैंकका म्यानेजर राहुल चक्रवर्ती र दिनेश पनेरुलाई अपहरण गर्ने धम्की दिएका हुन् ।

बाँस्कोटाको धम्कीपछि बैंकका कर्मचारीहरू सुरक्षाको माग गर्दै ईलाका प्रहरी कार्यालय बिर्तामोडमा पुगेका छन् । स्रोतका अनुसार करिब दुई वर्षअघि बैंकबाट लिएको ऋण तिर्ने विषयलाई लिएर कर्मचारीलाई धम्की दिइएको हो । बैंकका म्यानेजर चक्रवतीले फोनमा बाँस्कोटाले अपहरण गर्ने धम्की दिएको बताए ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्व राज नेपालले घटना अनुसन्धानकै क्रममा रहेको प्रतिक्रिया दिए । ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले दुवै पक्ष कार्यालयमा आएको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।

यता बाँस्कोटाले बैंक प्रशासनलाई निवेदन नै लेखेर बैंकका कारण आफ्नो व्यवसायमा पूर्णक्षति भएकोले आत्मदाह गर्ने स्थितिमा पुगेको बताएका थिए । उनले २०७८ कार्तिकमा भिरपाखा रिसोर्ट एण्ड फन पार्क प्रा.लि.लाई तत्कालीन मेगा बैंक नेपालको बिर्तामोड शाखाबाट पाँच करोड पचास लाख रुपैयाँ कर्जा स्विकृति भएकोमा लामो समय कर्जा प्रवाह नभएको बताएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com