नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौँ । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।

कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्त दिँदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा व्यावसायिक कार्य योजना (पाँच हजार शब्दमा नबढ्ने गरी)खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदनका साथ अर्थ मन्त्रालयको राजश्व खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com