चौधरी ग्रुपले तिर्‍यो १६ अर्ब १४ करोड रुपैयाँ राजश्व

चौधरी ग्रुपले तिर्‍यो १६ अर्ब १४ करोड रुपैयाँ राजश्व

काठमाडौँ । चौधरी ग्रुपले १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक बर्ष २०७९/०८० मा सरकारलाई सो राजस्व तिरेको हो ।

यो सरकारको कुल राजश्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च कम्पनीले दाबी गरेको छ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित भइरहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको तथा अर्थतन्त्रमा आएको सङ्कुचनका कारण सरकारले लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न नसकेको पृष्ठभूमिमा ग्रुपको योगदान उच्च रहेको कम्पनीको विवरणमा उल्लेख छ ।

यद्यपी कम्पनीले पनि बिग्रेको अर्थतन्त्रका कारण गतवर्ष भन्दा कम राजश्व योगदान गरेको हो । आर्थिक वर्ष २०७८/०७९ मा ग्रुपले १७ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com