देउराली सहकारीबाट ठगिएकाहरूलाई सम्पर्कमा आउन सिआइबीको अनुरोध

देउराली सहकारीबाट ठगिएकाहरूलाई सम्पर्कमा आउन सिआइबीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएको भए जाहेरी दिन आग्रह गरेको छ।

सोमबार सूचना जारी गर्दै सिआइबीले सहकारीका काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न शाखामा रकम जम्मा गरी ठगिएको भए प्रमाणसहित जाहेरी दिन आग्रह गरेको हो।

निक्षेपकर्ता सदस्यहरूले संस्थामा बचत तथा मुद्दती खाता खोलेर जम्मा गरेको रकमको साँवा र ब्याज बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि रकम फिर्ता नपाएको भनेर सिआइबीमा जाहेरी परेको थियो।

त्यस मुद्दामा अनुसन्धान जारी नै रहेको हुँदा प्रहरीले सूचना जारी गरेको हो। यसबारे थप सहयोग र जानकारीको लागि ०१४५११७७६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

सिआइबीले सहकारीका अध्यक्ष काभ्रेका रवीन्द्र चौलागाईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरूसँगै अन्य ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले निक्षेपकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोप छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com