वर्षाले अवरुद्ध सिद्धबाबा सुरुङमार्ग निर्माणको काम तीन महिनापछि पुनः सुरु

वर्षाले अवरुद्ध सिद्धबाबा सुरुङमार्ग निर्माणको काम तीन महिनापछि पुनः सुरु

पाल्पा- तीन महिनादेखि निर्माण अवरुद्ध भएको सिद्धबाबा सुरुङ् मार्ग निर्माणको काम पुनः सुरु भएको छ । वर्षासँगै पहिरो खसेपछि अवरुद्ध भएकोमा अहिले निर्माण कार्य सुरु भएको हो ।

सुरुङमार्गको कामले अब गति लिने विश्वास गरिएको छ । वर्षा सकिएपछि क्षति पु¥याएको स्थानबाट पुनः काम सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।

वर्षातका कारण रोकिएको काम सुरु भएको सिद्धबावा सुरुङ् मार्ग योजना कार्यालयका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । वर्षात्अघि नै टनेलभित्र छिरेर काम गर्ने योजना भएपनि पटक पटक पहिरो खसेपछि निर्माण कार्य अवरुद्ध भएको थियो ।

निर्माण कम्पनीले अहिले सुरुङ् मार्गको बाहिरपट्टि सरसफाई गरी रिब निर्माण गरेको जनाएको छ । डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायतका काम भैसकेका छन् ।

डिजाइन स्वीकृत नहुँदा २०७९ असोजदेखि गर्ने भनिएको सुरुङ् मार्गको काम २०७९ चैतदेखि सुरु भएको थियो । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो ।

सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com