डीडीसी किसानको रकम तिर्नै बाँकी, कर्मचारीलाई भने दुध-घ्यू

डीडीसी किसानको रकम तिर्नै बाँकी, कर्मचारीलाई भने दुध-घ्यू

किसानको रकम भुक्तानी दिँदैन डिडिसी, कर्मचारीलाई दुध र घ्यु

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)लाई दुध बिक्री गर्ने करिब २ लाख किसानले तीन महिनादेखि भुक्तानी पाएका छैनन् ।

संस्थाको संचित नोक्सानी नै करिब एक अर्ब पुग्न लागिसक्यो । तर यसले संस्थाका कर्मचारीले पाउने सेवा सुविधामा भने कुनै अप्ठ्यारो पारेको छैन । यहाँ कार्यरत १२ सय कर्मचारीले दैनिक १ लिटर दुध र मासिक १ केजी घ्यु निःशुल्क खाइरहेका छन् । जसका लागि बार्षिक करोडौं खर्च हुन्छ ।

करिब ३० वर्षअघि संचालक समितिबाट निर्णय गराएर कर्मचारीहरुले यो सुविधा उपयोग गरिरहेका छन् । जुन बेला संस्थामा २ सयको हाराहारीमा कर्मचारी कार्यरत थिए । अहिले कर्मचारी संख्या बढेर १२ सय पुगेको छ । ती सबै कर्मचारीलाई अहिले दैनिक १ लिटर दुध र मासिक १ केजी घ्यु दिइन्छ । त्यसका लागि वार्षिक ४ करोड रुपैयाँ खर्च हुन्छ ।

देशभरका १२ सय दुग्ध उत्पादक सहकारी मार्फत् करिब २ लाख किसान परिवारले डीडीसीलाई दुध बेच्छन् । आम्दानी नभएको भन्दै दुध बेच्ने किसानलाई संस्थानले तीन महिनादेखिको भुक्तानी रोकिदिएको छ । किसानलाई भुक्तानी दिनुपर्ने ५० करोड रुपैयाँ छ । त्यसबाहेक संस्थानको सञ्चित नोक्सानी ८७ करोड रुपैयाँ छ । यति हुँदाहुँदै पनि कर्मचारीको आफ्नो सुविधा रोकिएको छैन ।

किसानले आफ्नो उत्पादनको मूल्य नपाउने तर कर्मचारीले निःशूल्क उपभोग गर्न पाउने निर्णय नै न्यायोचित देखिँदैन । संस्था घाटामा जानुको प्रमुख कारण उच्च संचालन तथा प्रशासनिक खर्च नै हो । त्यसका लागि अनावश्यक रुपमा भर्ती गरिएका कर्मचारी पनि कटौती गर्न आवश्यक छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com