धनकुटास्थित निगाले सिमेन्ट उद्योग बन्द, एक सय ५० बढी कर्मचारी बेरोजगार

धनकुटास्थित निगाले सिमेन्ट उद्योग बन्द, एक सय ५० बढी कर्मचारी बेरोजगार

धनकुटा । आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठूलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो ।

दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जना भन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् ।

आर्थिक संकटकै कारण उद्योगले दैनिक लाखौं रुपैयाँ घाटासमेत बेहोर्नुपरेको परेको छ । उद्योग गलत ठाउँमा खुलेको र चिसोका कारण पनि सुरुवातदेखि नै तीन सय टन उत्पादन क्षमता रहेको सो उद्योगले दैनिक एक सय ५० टन मात्रै उत्पादन गर्दै आएको कर्मचारी सरोज सेढाँइले जानकारी दिए ।

कोभिडले थला पारेपछि सुरु भएको आर्थिक मन्दिका कारण भारतका विभिन्न क्षेत्रबाट आउने कोइला, बक्साइट, लेटराइट, जिप्समलगायतको कच्चा पदार्थको मुल्य अत्याधिक बढ्नु र सिमेन्ट बिक्रि ठप्प हुँदा उद्योग बन्द भएको हो ।

उद्योग सञ्चालन हुँदा कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर तथा संखुवासभाको सिमेन्टको ८० प्रतिशत माग धान्दै आएको थियो । यता उद्योगले जरिवाना बाहेक १४ करोड १८ लाख ३३ हजार ९ सय १० रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेपछि विद्युत प्राधिकरण धनकुटाले लाइन काटेको छ ।

धनकुटामा निगाले सिमेन्टसहित साना र मझौला उद्योग आर्थिक संकटको कारण धमाधम बन्द भइरहेको र सञ्चालनको लागि तीनै तहको सरकारले पहल गर्नुपर्ने धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com