‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रुटबारे छलफल सकारात्मक’

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रुटबारे छलफल सकारात्मक’

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्।

मंगलबार बिहान लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाइ रुटको बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सकारात्मक नतिजा आउने प्रतिबद्धता जनाए।

उनले भने, ‘सांस्कृतिक सम्बन्धलाई नेपालसँग कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौं। हवाइ रुटको बारेमा हामीले छलफल गरिरहेका छौं। यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ । ‘

उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभई विश्वभर नै फैलिनु खुशीको विषय भएको बताए। ‘सांस्कृतिक सम्बन्धलाई नेपालसँग कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौं। हवाइ रुटको बारेमा हामीले छलफल गरिरहेका छौं। यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ,’ उनले भने।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com