यात्रुको चाप बढेपछि गुल्मीको रेसुङ्गाबाट साप्ताहिक दुई उडान हुने

यात्रुको चाप बढेपछि गुल्मीको रेसुङ्गाबाट साप्ताहिक दुई उडान हुने

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान हुने भएको छ । विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो ।

जिल्लाबाट नियमित हवाई सेवा सुरु भइरहँदा यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भए पनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग गरेको थिए । त्यसैलाई मध्य नजर राखेर नेपाल एयरलाइन्सको जहाजले हप्ताको एक दिन थपेर बुधबार उडान हुने भएको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए । अब रेसुङ्गा विमानस्थलबाट बुधवार र शुक्रावार दुई दिन उडान हुनेछ ।

रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्मको दुरी ५० मिनेटको रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।

रेसुङ्गा विमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com