काट्यो बारा–पर्सा औधोगिक करिडोरमा बिजुली

काट्यो बारा–पर्सा औधोगिक करिडोरमा बिजुली

बारा । पर्सा औधेगिक करिडोरका उद्योगमा कार्यरत मजदुरहरुले आज नारा जुलुशसहित ज्ञापनपत्र दिएर विरोध कार्यक्रम गरेका छन् । सरकारले ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगको बिजुलीको लाइन काटेपछि करिडोरका मजदुरहरुले स्थानीय ईलाका प्रशासन र बिधुत कार्यालयमा ज्ञापन पत्र दिएर विरोध कार्यक्रम गरेका हुन् ।

प्राधिकरणले बारा–पर्सा औधोगिक करिडोरका जगदम्बा स्टिल्स, त्रिवेणी स्पेनिङ मिल्स, हुलास स्टिल, अशोक स्टिलको गत शुक्रवारदेखि बिजुली लाईन काटेको हो । करिडोरका मजदुरहरुले श्रमिक अधिकार सुनिश्चित गर, बन्द उद्योग खुल्ला गर, विद्युत्त काट्न पाईदैन्, रोजगारीको ग्यारेन्टी गर,बन्द उद्योग खुल्ला गर, श्रमिकको पेटमा लात हान्न पाइदैन् भन्दै नारा लगाउदै जितपुरसिमरा नगर परिक्रमा समेत गरेका थिए ।

माओवादी निकट ट्रेड युनियनको नेतृत्वमा भएको विरोध कार्यकममा अखिल नेपाल मजदुर संघ आधिकारिक ट्रेड युनियन हुलास स्टिल र अखिल नेपाल औधोगिक मजदुर संघ त्रिवेणी मिल्स सहित करिडोरका उद्योगमा कार्यरत मजदुरहरु सहभागी भएका थिए । बिहान १० बजेर ३० मिनेटमा सिमरास्थित जगदम्बा स्टिलको मुल गेटबाट सुरु भएको -याली कार्यक्रम ईलाका प्रशासन कार्यलयका प्रमुख र विद्युत्त प्राधिकरण सिमरा केन्द्रका प्रमुखलाई ज्ञापन पत्र बुझाएर टुंगिएको थियो ।

जगदम्बा स्टिल आधिकारिक मजदुर यूनियनका सचिव दिपक कार्कीले उद्योगमा बिधुत लाईन काटेर मजदुरको पेटमा लात हान्ने भन्दा अन्य उपाय अबलम्बन गर्न सरकारसग माग गरेका छन ।

यसरी उद्योग धेरै दिन बन्द हुदाँ मजदुर, कर्मचारीले पारिश्रमिक नै गुमाउने पर्ने अवस्था आयो, मजदुरले रोजी रोटी नै गुमाउनुपर्ने भएकाले बाध्य भएर विरोध कार्यक्रम गरेका हौ’ माओवादी निकट आधिकारिक मजदुर युनियनका सचिव कार्कीले बताए ।

यता ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ बारा–पर्सा औधोगिक करिडोर सिमरा वितरण केन्द्रको मात्र ४ वटा उद्योगले ५ अर्व ५० करोड र बिरगन्ज फिडरको गरी ८६ करोड ९० लाख गरी छ अर्ब ३६ करोड बक्यौता रकम बुझाउन बाँकी रहेको केन्द्रका प्रमुख ईन्जिनियर रुमेश रुपाखेतीले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com