नारायणी नदी किनाराको तटबन्ध : पर्यटक आकर्षणको केन्द्र बन्दै

नारायणी नदी किनाराको तटबन्ध : पर्यटक आकर्षणको केन्द्र बन्दै

चितवन- नारायणी नदीलाई सुन्दर र पर्यटकीय रुपमा बिकास गर्ने उद्देश्यले कटान रोक्ने काम शुरु भएको छ । भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारको करिब ६ सय ४० मिटर क्षेत्रमा सिडी सहितको पक्की ढलान गरेर कटान रोक्ने काम भइरहेको छ ।

नारायणी नदी ब्यबस्थापन आयोजना चितवनले १५ करोड ९२ लाखको लागतमा कटान रोक्ने कार्यका साथै नारायणी नदी किनारलाई ब्यबस्थित गर्ने काम भएको नारायणी नदी ब्यबस्थापन आयोजनाका सिनियर डिभिजन इन्जिनियर श‌ंकर बुढाथोकीले बताउनुभयो ।

तटबन्धनले धार्मिक र पर्यटकीय महत्व रहेको नारायणी नदीको थप सुन्दरता बढाउनुका साथै ब्यबस्थित हुने उहाँको भनाइ थियो । २०७९ पुस ५ मा ठेक्का सम्झौता भएको उक्त तटबन्धनको ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

डाइनामिक कन्ट्रक्सन प्रालिद्वारा निर्माण भइरहेको उक्त तटबन्धनको असार मसान्त्सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका युबराज क्षेत्रीले जानकारी दिनुभयो । उक्त तटबन्धन नेपाल सरकारको लागतमा निर्माण भएको हो । पक्की तटबन्धन निर्माणले नारायणी नदी किनार सुन्दर देखिनुका साथै पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै जाने बिश्वास लिइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com