ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्देशन खारेज

ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्देशन खारेज

काठमाडौ । नयाँ ब्रोकर लाइसेन्स लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो ।

छलफलका क्रममा नयाँ ब्रोकर लाइसेन्सलाई रोक्न नहुने निष्कर्ष निस्कियो । खुला अर्थतन्त्रको मान्यतामा पहिलो पटक खुला प्रणालीबाटै लाइसेन्स वितरणको प्रक्रिया अघि बढाइएकाले यसले कसैलाई पनि हानी नगर्ने निष्कर्षसहित प्रक्रिया अघि बढाउन भनिएको छ । 

जेठ २९ गतेको अर्थ समितिको बैठकले कानुनी व्यवस्था मिलाएर बोर्डले थप लाइसेन्स बाँड्न लागेको भन्दै विरोध भएको थियो भने लाइसेन्स प्रक्रिया नै रोक्न धितोपत्र बोर्डलाई निर्देशन गरेको थियो । 

विवादकाबीच अघि बढेको नयाँ ब्रोकर लाइसेन्सका ४५ कम्पनीले आवेदन दिएकामा हालसम्म प्रक्रिया पुर्‍याएका र पूर्वाधार तयार गरेका १९ कम्पनीले लाइसेन्स पाइसकेका छन् । बाँकी आवेदन परेका कम्पनीहरूको समेत प्रक्रिया र पूर्वाधार हेरेर मापदण्ड पुगेकालाई लाइसेन्स दिन बोर्डको तयारी छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com