अर्थमन्त्री महत भारत प्रस्थान

अर्थमन्त्री महत भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महत आज भारतको दिल्ली प्रस्थान गरेका छन । भिस्तारा एअरको उडानबाट उनी श्रीमती विना महतका साथ भारत प्रस्थान गरेका हुन ।

भोलिदेखि भारतको गुजरातमा सुरु हुने भाइव्रेट गुजरात विश्व सम्मेलनमा भाग लिनका लागि उनी त्यसतर्फ गएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । सो सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् ।

जनवरी १० देखि १२ तारेखसम्म हुने सम्मेलनमा ३४ वटा देशले भाग लिनेछन् । जसमा पाँच वटा देशका प्रधानमन्त्री तथा राष्ट्रपति नै सहभागी हुने र बाँकी देशका मन्त्रीहरू सहभागी हुने भएका छन । त्यस्तै विभिन्न १६ वटा विभिन्न सङ्गठन सहभागी हुने बताइएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com