सेयर लगानीकर्ताको मनोबल बढाउन पहलकदमी लिने अर्थमन्त्री महतको प्रतिबद्धता

सेयर लगानीकर्ताको मनोबल बढाउन पहलकदमी लिने अर्थमन्त्री महतको प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालका लागि सेयर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, पुँजी बजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा भेट गर्न गएको टोलीसँग सोमबार बिहान परामर्श गर्दै उनले यस्तो बताएका हुन् ।

छलफलमा अर्थमन्त्री महतले सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा संवादलाई निरन्तरता दिने पनि बताएका छन् । भेटका लागि अध्यक्ष पौडेलसँगै ब्रोकर सङ्घ, मर्चेन्ट बैंकर तथा अरु लगानीकर्ता गएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com