अर्थसचिव राया र राजश्व सचिव घिमिरेले सम्हाले अर्थमन्त्रालयको कार्यभार

अर्थसचिव राया र राजश्व सचिव घिमिरेले सम्हाले अर्थमन्त्रालयको कार्यभार

काठमाडौं । अर्थसचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले आजबाट अर्थमन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिव द्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गर्नुभएको हो ।

साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका सचिव द्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई पनि बिदाई गर्नुभयो ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायालाई अर्थसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजश्व सचिवमा सरुवा गरेको थियो ।

सरकारले अर्थसचिव पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा र राजश्व सचिव दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com