उन्नति सहकार्य लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

उन्नति सहकार्य लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो । साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो ।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका एक लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र मागअनुसार आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन अवधि लम्बिने जानकारी दिइएको छ । लघुवित्तको एफपीओमा न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com