प्रशासनिक खर्च घटाउँदै सरकार

प्रशासनिक खर्च घटाउँदै सरकार

काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा प्रि-बजेटमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् । ‘अब हामीले खर्च कम गर्ने ठाउँ कहाँ छ ? प्रशासनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्ट सँग भनौँला’ उनले भने ।

जहाँ जुन खर्च नगरेर पनि काम चल्छ त्यहाँ खर्च नगर्ने सरकारको नीति हुने उनले बताए । यही नीति अनुसार चल्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्ने उनले बताए । पछिल्ला केही वर्षहरूमा अनावश्यक भवन बनाउने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै वर्तमान सरकारले यसलाई ख्याल गर्ने बताए ।

‘हामीले बिल्डिङ बनाउने प्रतिस्पर्धा नै गरेछौँ । ठूला ठूला बनायौँ । स्रोत साधन हैसियतभन्दा चर्को, अरबौँ अरबको। आवश्यकता भन्दा कैयौँ गुणा ठूलो बिल्डिङ बनाउन लागेछौँ। यस्तो खाले खर्च यस पटक अति आवश्यक भए मात्रै गर्नेछौँ ‘ अर्थमन्त्री महतले भनेका छन् ।

सरकारले स्रोत र साधन अनुसारको काम गर्ने उनको भनाइ छ । ‘घाँटी हेरेर हाड निल्ने भन्छ नि ‘ अर्थमन्त्री महतले भने ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com