कृषि विकास बैङ्कको सीईओमा गोविन्द गुरुङ नियुक्त

कृषि विकास बैङ्कको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौँ । कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । चार वर्षे कार्यकालको लागि गुरुङको नियुक्ति भएको हो । कृषि विकास बैङ्कको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हिमालयन बैङ्कबाट बैङ्किङ करिअर सुरु गरेका गुरुङको सिभिल बैङ्कमा सीईओको रूपमा काम गरेको अनुभव छ । उनले ग्लोबल आईएमई तथा मेगा बैङ्कमा समेत काम गरेका छन् । सिभिल बैङ्क छाडेपछि गुरुङ म्यानमारको बैङ्कमा सिइओ भएर काम गरेका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com