बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्यालको प्यानल विजयी

बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्यालको प्यानल विजयी

काठमाडौँ । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ ।

सङ्घको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षमा विजयी अर्यालले ७७६ मत पाए भने उनका प्रतिस्पर्धी श्रेष्ठले ६८९ मत पाए।

अर्यालसँगै उद्योग उपाध्यक्षमा सुरज भट्टराईले ७७८, महासचिवमा मुक्ति अधिकारी ७६०, कोषाध्यक्षमा वसन्त ढकाल ८०९ मतसहित विजयी भएका छन्। त्यस्तै सहकोषाध्यक्षमा धना कुमारी खनाल ८३० ल्याएर विजयी भएकी छन्। निर्वाचित सबै अर्याल प्यानलका हुन्।

सचिव पदमा भने श्रेष्ठ प्यानलका प्रतीक पोखरेल विजयी भएका छन्। पोखरेलले ७२३ मत पाएर विजयी हुँदा अर्याल प्यानलका भेषराज गैरेले ७०७ मत पाए। श्रेष्ठको प्यानलबाट उद्योग उपाध्यक्षमा नवीन प्रसाद श्रेष्ठ ६७२, महासचिवमा बाबुराम बिक ६९८, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ ६४४ र सहकोषाध्यक्षमा जाकीर हुसेनले ६३३ मत पाएका थिए ।

सङ्घको वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। खुल्ला सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com