थापाथलीमा जिउँदो खसी प्रतिकेजी ६७०, च्याङग्रा १२ सय ६० रुपैयाँ

थापाथलीमा जिउँदो खसी प्रतिकेजी ६७०, च्याङग्रा १२ सय ६० रुपैयाँ

काठमाडौं । काठमाडौंमा जिउँदो सरकारी खसीको मुल्य ६८० रुपैयाँ पर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीवाट बिक्री गरिने खसी, बोका र च्याङ्गाको मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मुल्य तोकेको हो । 

सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैँयाका दरले बिक्रि बितरण गरिनेछ  ।

सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गरिने छ  । जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्रि सुरु हुनेछ । छुटसहित खसी प्रतिकिलो  ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैँयामा खरिद गरेर सर्बसाधारणले घर लैजान सक्ने छन् । 

यस दशैँका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौं भित्राएको छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com