इङवा हाइड्रोपावरले वैशाख १३ गतेवाट सर्वसाधारणलाई आइपीओ जारी गर्दै

Published on
Updated on

काठमाडौं । इङवा हाइड्रोपावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपिओ जारी गर्न लागेको हो ।

त्यस्तै, सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुट्याइएको छ । बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

उक्त आईपिओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आईपिओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com