रुकुम केन्द्रित हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन

रुकुम केन्द्रित हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एयरलाइन्सलाई रुकुम पश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरूलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएका छन् ।

रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरूको राहत तथा उद्धारका लागि सहज होस् भन्ने हेतुले रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।

अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्री सचिवालयका अधिकारीले बताएका छन् ।

रुकुम पश्चिमको चौरजहारी र खलङ्गास्थित एयरपोर्टहरूमा साना ट्विनअटर हवाईजहाज उडान भरिँदै आएको छ । तर जाजरकोटमा भने एयरपोर्ट भए पनि सञ्चालनमा छैन । प्रधानमन्त्री प्रचण्ड आज बिहानै नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरमार्फत रुकुम प्रस्थान गरिसकेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com