आजदेखि हिमालयन र सिभिल बैंकको एकिकृत कारोबार

आजदेखि हिमालयन र सिभिल बैंकको एकिकृत कारोबार
Published on
Updated on

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले शुक्रबारदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।

गत पुस २८ गते साधारण सभा गरी मर्जको प्रस्ताव पारित गरेका दुई बैंकले हिमालयन बैंककै नामबाट एकीकृत कारोबार सुरू गर्न लागेका हुन् ।

एकीकृत कारोबारसँग सिभिल बैंकको अस्तित्व भने सकिएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई ८० प्रतिशतको रेसियोमा आफूमा गाभेको हो । जस अनुसार सिभिल बैंकको सय कित्ता शेयर हुनेहरुले अब हिमालयन बैंकको ८० कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जपछि बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड पुगेको छ भने कुल सम्पति ३४ खर्ब ३४ अर्ब पुगेको छ ।

१ सय ८९ शाखासहित बैंकसँग दुई खर्ब ७४ अर्बको निक्षेप र दुई खर्ब ५० अर्बको कर्जा लगानी रहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com