गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी खुला गरिने

गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी खुला गरिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पुँजी बजारमा गैरआवासीय नेपालीको लागि लगानी खुला गरिने बताएका छन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्। ‘पुँजी बजारमा गैरआवासीय नेपाली (एनआरएनलाई) लगानी खुला गरिने छ,’उनले भने।

उनले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सरकारी ऋणपत्रका साथै निजी क्षेत्रको आइपीओमा लगानीलाई प्रोत्साहित गरिने बताए। पौडेलले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र समृद्धिसँग जोड्ने विशेष आयोजना संचालन गरिने बताए।

गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने भन्ने पछिल्ला हरेक वर्षको नीति तथा कार्यक्रममा उल्लेख हुन्छ। तर अहिलेसम्म पनि त्यसका लागि आवश्यक पूर्वाधार भने तयार पारिएको छैन।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com