नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा गरिएकाो बाँडफाँटमा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । 

मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरिएको थियो । पौने १३ लाख परेका आवेदनमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका थिए । 

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रिया मार्फत आईपीओ बाँडफाँट गरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com