सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौति गर्न आवश्यक छ : अर्थमन्त्री

सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौति गर्न आवश्यक छ : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै  सरकारी कार्यालयले मात्रै नभएर सार्वजनिक संस्थाहरुले पनि आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता, फजुल खर्च कटौति र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा रहेको भन्दै  बैंकहरुले पनि त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले पारदर्शीता,इमान्दारिता, व्यवसायिक क्षमता दक्ष्यताका आधारमा नै सार्वजनिक संस्थानहरुको उन्नती हुने बताउनु भयो । उहाँले सार्वजनिक संस्थानहरुमा राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्ने बताउनु भयो ।

उहाँले सार्वजनिक संस्थानहरुमा व्यवसायिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिष्पर्धाका माध्यमबाट व्यवस्थापनको जिम्मावार दिनुपर्ने बताउनु भयो ।

उहाँले अर्थमन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सरकारका तर्फबाट बैंक ,राष्ट्र बैंक वा अन्य संस्थानहरुमा कसैप्रति पनि सरकारको तर्फबाट कुनैपनि राजनीतिक हस्तक्षेप नहुने बताउनु भयो । उहाँले राजनीतिक हस्तक्षेप भएको देखे मन्त्रालयमा खबर गर्न आग्रह गर्दै अब राजनीतिक हस्तक्षेपको चिन्ताबाट बाहिर आउन आवश्यक रहेको बताउनु भयो । 

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा केही समस्या र चुनौतीहरुको चाप रहेको बताउनु भयो । उहाँले सरकारले राजश्व परिचालन, पुँजीगत खर्च,बैंकहरुमा लगानी योग्य रकम तरलता सहजता बनाउनुपर्ने र बैंककोे ब्याजमा वाञ्छित सीमामा राख्नुपर्ने चुनौति रहेको बताउनु भयो ।

उहाँले सरकारले माग र आपूर्तिका बीचमा रहेका समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन,उद्यमशीलता विकास गर्न,रोजगारी सिर्जना गर्न  र आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न बैंकको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

उहाँले सरकार उच्च किसिमको आर्थिक वृद्धि गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले उच्च आर्थिक वृद्धि गर्न बैंकको भुमिको सकारात्मक हुने अपेक्षा गरेको बताउनु भयो । 

मन्त्री पौडेलले अहिलेका अर्थतन्त्रको चुनौति सामना गर्न बैंकको सकारात्मक र रचनामत्मक भुमिका रहने अपेक्षा रहेको बताउनु भयो ।

उहाँले सरकारको लगानी भएका बैंक आफ्नो मुनाफामा मात्रै केन्द्रित हुन नहुने बताउनु भयो । उहाँले राष्ट्रिय वाणिज्य बैंको मुनाफा मात्रै राष्ट्रिय उद्देश्य नभएको भन्दै राष्ट्र बैंकले निर्माण गर्ने वित्तीय नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्दै विपन्न समुदायको उत्थानका लागि स्रोत साधनलाई प्रभावकारी रुपमा सरिचालन वाणिज्य बैंकले गर्नुपर्ने बताउनु भयो । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com