निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी खातामा आउन कम्तीमा १० दिन लाग्ने

निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी खातामा आउन कम्तीमा १० दिन लाग्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने साढे ६ अर्ब रुपैयाँ निकासा गर्न निर्देशन दिए पनि व्यवसायीको खातामा आउन भने कम्तीमा १० दिन लाग्ने भएको छ ।

अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयको खातामा रकम पठाएपछि भुक्तानी प्रक्रिया सुरु हुनेछ । बजेटबाहिरबाट पैसा मागेर जथाभाबी खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले लाइनमिनिस्ट्री बजेटरी इन्फर्मेसन सिस्टम लागू गरेको छ ।

सोही प्रणालीमा पैसा आएपछि सम्बन्धित कार्यालयले व्यवसायीले पेस गरेका बिल रुजु गरी भुक्तानी गर्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । निर्माण व्यवसायीहरूले असार मसान्तमा पेस गरेको १ अर्ब ७२ करोड रुपैयाँ सरकारले भुक्तानी गरेको थिएन ।

त्यस्तै गत आर्थिक वर्षमा म्याद थप भएका आयोजनाको ६ अर्ब रुपैयाँभन्दा बढी रकम लिन बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com