मासिक एक खर्बमाथि पुग्यो रेमिट्यान्स

मंसिरसम्म भित्रियो छ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ
मासिक एक खर्बमाथि पुग्यो रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म छ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना एक खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र एक खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ ।

कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा छ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २७.६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ६२ करोड रहेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २४.५ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com