चाँगुनारायण क्षेत्रमा आन्तरिक तथा वाह्‍य पर्यटकको चहलपहल

चाँगुनारायण क्षेत्रमा आन्तरिक तथा वाह्‍य पर्यटकको चहलपहल
Published on
Updated on

भक्तपुर- पछिल्लो समय भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । सम्पदाको पुननिर्माणमा ढिलाई र कोरोना कहरले दुई वर्ष थला परेको पर्यटनले अहिले गतिलिन थालेपछि यस क्षेत्रका स्थानीय तथा व्यवसायी खुसी भएका छन् ।

उपत्यकाको दृश्यावलोकन देखिने भएकाले आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको हो । चाँगुनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक एवं पर्यटकीय क्षेत्र साँस्कृतिक सम्पदाले भरिपूर्ण छ ।

मौलिक प्यागोडा शैलीकोे नमुना यो मन्दिर लिच्छविकालिन वास्तुकलाले भरिएको छ । जीर्णोद्धार कार्य अझै पुरा भइसकेको छैन । मन्दिरको मुख्यभाग निर्णाण सम्पन्न भएपनि वरपरका अभै अमुर्त सम्पदा पुननिर्माणको पर्खाइमा रहेका छन् ।

यो क्षेत्र धार्मिक पर्यटनको क्षेत्र भएकाले पनि होला यहाँ जेष्ठ नागरिकहरु तिर्थाटन गर्ने गरेका छन् । पछिल्लो समय मन्दिरमा चल्ने भजन कृतन अहिले लोप हुने अवस्थामा पुगेको मन्दिरका मुख्य पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनु भयो ।

पर्यटकीय प्रचुर सम्भावना भएको यस क्षेत्रमा सार्क राष्ट्रबाट ४ हजारबढी पर्यटकले भ्रमण गरेका छन् भने अन्य राष्ट्रबाट १२ हजारबढी पर्यटकले भ्रमण गरेको चाँगुनाराण नगरपालिका नगर पर्यटन शाखा प्रमुख सन्ताषी नेपालीले बताउनु भयो ।

सन् १९६९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको चाँगुनारायण मन्दिर परिसर अवलोकन गर्न आउने विदेशी पर्यटकबाट नगरपालिकाले प्रवेश शुल्क वापत करोडौं रुपैयाँ लिदै आएको छ । तर, मुख्य मन्दिर बाहेक वरपरका अमूर्त सम्पदा संरक्षणमा भने ध्यान नदिएको स्थानीयको गुनासो छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com