नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ ।

शुक्रवार बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको प्रश्तावित लाभांश पारित गरेका ३० प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रश्तावित बोनस शेयर पश्चात बैंकको चुक्ता पुँजी यसवर्ष २७ अर्ब नाघेको छ ।

साधरणसभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक निर्वाचित गरेको छ ।

नबिल बैंक आ.व. २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com