पूर्वी नेपालमा आज राष्ट्रिय भाक्का दिवस मनाईंदै

पूर्वी नेपालमा आज राष्ट्रिय भाक्का दिवस मनाईंदै

सुनसरी । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा आज भक्का दिवस मनाईंदै छ । भक्का ती जिल्लामा रहेका आदिवासी, जनजाति र राजवंशी समुदायको परम्परागत परिकार हो ।

पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भक्का पनि एक हो । विशेषतः हिउँद अर्थात् जाडो महिनामा स्थानीयले भक्काको प्रयोग धेरै गर्छन् ।

पुर्वी नेपालको सुनसरी, मोरङ्ग र झापा जिल्लाका विभिन्न स्थानहरुमा एकाविहानै चोकचोकमा भक्का वेच्दै गरेको देख्न सकिन्छ । पछिल्लो एक दसश यता पुर्वी नेपालमा भक्का दिवसको रुपमा मनाइदै आएको छ । सोहि अनुरुप आज यी जिल्लाहरुमा भक्काको विभिन्न परिकारहरु प्रदर्शनी गरेर भक्का दिवस मनाईंदैछ ।

चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाइ विहानको खाजाको रुपमा खाने गरिन्छ । यसको मौलिक विशेषता र स्वाथ्यलाइ हुने फाइदालाई प्रवर्द्धन गर्न यो दिवस मनाउने गरिएको थारु अगुवा रामसागर चौधरी बताउनुहुन्छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com