नेप्सेमा ऋणात्मक सर्किट ब्रेकर, ४० मिनेटका लागि बजार बन्द

नेप्सेमा ऋणात्मक सर्किट ब्रेकर, ४० मिनेटका लागि बजार बन्द

साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ ।

पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ । १ बजेसम्म १४७.३१ अंकले बजार घटेको छ । त्यति बेलासम्म ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

एक बज्न ५ सेकेन्ड बाँकी रहँदा सेयर बजार ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार बन्द गरेको हो । अब ४० मिनेट पछि मात्र बजार खुल्नेछ ।

NEPSE's 5.03% Plunge, Highest-Ever For a Single Day
NEPSE's 5.03% Plunge, Highest-Ever For a Single Daynepalstock.com.np

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com