दमाम उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँ नै फर्कियो

दमाम उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँ नै फर्कियो

काठमाडौँ । काठमाडौँबाट साउदी अरेबियाको दमाम उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ ।

बुधबार राति काठमाडौँबाट दमामका लागि उडेको आर ए ४१२ उडानको जहाज पाकिस्तानको सीमा समाप्त भएर कुवेत प्रवेश गर्ने क्रममा प्रवेश नपाएपछि नेपाल नै फर्किएको हो ।

नेपाल एयरलाइन्सको उक्त जहाजमा टिकास प्रविधि फेल भएको थियो । यो प्रविधिले अरु जहाजसँगको दूरीबारे जहाजलाई जानकारी दिन्छ ।

यसै प्रविधिको सहायताले पाइलटले आफ्नो जहाजलाई अरु जहाजसँग ठोक्किनबाट रोक्न तलमाथि गराउने वा मार्ग परिवर्तन गर्न सक्छन् । तर नेपाल एयरलाइन्ससँगको बुधवारको उडानमा यो प्रविधि फेल भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com